२०८१ फागुन ७, बुधवार , ०७:४३:१२ बजे

Sajhamanch
'

ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटः आज चार वटा खेल हुँदै

मङ्गलवार, कार्तिक १४, २०८०

काठमाडौँ । ट्वान्टी–२० क्रिकेट विश्वकप छनोट प्रतियोगिता अन्र्तगत आज चार वटा खेल हुँदैछ।

दुई वटा खेल किर्तिपुर क्रिकेट मैदान तथा दुई वटा खेल मूलपानी क्रिकेट मैदानमा हुनेछ।अहिले विहान ९ बजे देखि किर्तिपुर क्रिकेट मैदानमा ओमान र सिङ्गापुरबिच खेलहुँदैछ।

त्यसैगरी विहान ९ बजे देखि नै मूलपानी क्रिकेट मैदानमा हङकङ र बहराइनबिच खेल हुनेछ।

त्यसैगरी दिउँसो १ः१५ बजे नेपाल र मलेसियाविच किर्तिपुर क्रिकेट मैदानमा हुनेछ।युएई र कुवेतबिचको खेल चाहि दिउँसो १ः१५ बजे मूलपानी क्रिकेट मैदानमै हुनेछ।

समूह ‘ए’ मा नेपालसहित मलेसिया, ओमान र सिङ्गापुर रहेका छन् भने समूह ‘बी’ मा युएईसँगै बहराइन, हङकङ र कुवेत छन्।एक एक खेल पछि समूह ए मा नेपाल र ओमानले दुई दुई अंक पाएका छन । त्यसैगरी समूह बी मा हङकङ र युएईले दुई दुई अंक पाएका छन।

दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। फाइनलमा पुग्ने टोली सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुने ट्वान्टी–२० विश्वकपमा स्थान बनाउनेछन्।

सम्बन्धित खबर