२०८१ पौष २७, शनिवार , ०३:१४:५७ बजे

Sajhamanch
'

इजरायलका प्रधानमन्त्री नेतान्याहूले मागे माफी

सोमवार, कार्तिक १३, २०८०

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इजरायली सुरक्षा बलसँग माफी मागेका छन् । अक्टोबर ७ मा हमासले गरेको आक्रमणबारे पूर्वजानकारी पाउन असफल भएको भन्दै उनले त्यति बेला सुरक्षा बललाई दोष लगाएका थिए ।

तर, अहिले यस्तो परिस्थितिमा एकता सर्वोपरि भएको र उक्त टिप्पणी गर्नु गलत भनेर उनले माफी मागेका हुन् ।

शनिबार सामाजिक सञ्जाल एक्समा नेतन्याहूले हमासको आक्रमणबारे खुफिया सेवा र सुरक्षा एजेन्सी सिन बेटले कुनै चेतावनी दिन नसकेको लेखेका थिए । अहिले डिलिट गरिएको सो पोस्टमा उनले उल्टै उक्त समूहलाई निरुत्साहित पारेको आश्वासन दिएको उल्लेख गरेका थिए ।

उक्त पोस्टका विषयमा नेतन्याहूकै पक्षका नेता र विपक्षीले आलोचना गरेका थिए । त्यसपछि उनले माफी माग्दै सबै सुरक्षा निकायलाई आफ्नो पूर्ण समर्थन रहेका बताएका हुन् ।

“मैले भनेका कुराहरू भन्नु हुँदैनथ्यो र म त्यसका लागि माफी चाहन्छु,” उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “म सबै सुरक्षा निकायका प्रमुखलाई पूर्ण समर्थन गर्दछु, हामी जित्नेछौँ ।”

हमासको आक्रमणबारे कुनै पूर्वजानकारी पाउन नसकेका कारण इजरायलको सेना र खुफिया एजेन्सी आलोचित बनेका छन् । यसले सरकार र सुरक्षा निकायबीच दरार सिर्जना भएको छ । यसबीच नेतन्याहूले अहिले एकताको आवश्यकता रहेको भन्दै माफी मागेका हुन् ।

सोमवार, कार्तिक १३, २०८० | International, मिडियाबाट साभार

सम्बन्धित खबर