२०८१ साउन १२, शनिवार , ०७:४२:४० बजे

Sajhamanch
'

हिमपात, वर्षा र चट्याङबाट हुने क्षतिबाट बच्न सतर्क रहन आग्रह

सोमवार, कार्तिक १३, २०८०

काठमाडौं । देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

विभागका अनुसार दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।विभागले आज राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने जनाएको छ । वर्षा, चट्याङ र हिमपातको जोखिमबाट हुनसक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ ।हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण वर्षा र हिमपातको सम्भावना रहेको छ ।

सम्बन्धित खबर