
काठमाडौं । मेक्सिकोको दक्षिणी राज्य गुरेरोमा ओटिस आँधीका कारण कम्तीमा २७ जनाको मृत्यु भएको छ । सयौँ मानिस बेपत्ता छन् ।
ओटिस आँधीले गुरेरोमा ठूलो मानवीय र भौतिक क्षति गरेको छ । हजारौँ सांस्कृतिक संरचना ध्वस्त बनाएको बताइएको छ ।
घरका छाना र झ्यालहरू उडाएको र सडकमा बाढी आएको बताइएको छ । मेक्सिकोको बन्दरगाह सहर अकापुल्को र वरपर रुख र बिजुलीका खम्बाहरू ढलेका छन् ।