२०८२ भदौ ८, आइतवार , ०६:१८:०३ बजे

Sajhamanch
'

हमास विद्रोही समूहले बन्धक बनाएका दुई अमेरिकी नागरिक बन्धकमुक्त

शनिवार, कार्तिक ४, २०८०

असोज २० गते इजरायलमा आक्रमण गरेर झण्डै दुई सय जनालाई बन्धक बनाएको प्यालेस्टिन विद्रोही समूह हमासले दुई जना अमेरिकी नागरिकलाई रिहा गरेको छ ।

अमेरिकी नागरिकहरु जुडिथ र नताली रनानलाई हमासले मुक्त गरेको बीबीसीले जनाएको छ । उनीहरु आमाछोरी हुन् ।इजरायलका प्रधानमन्त्रीको कार्यालयले निकालेको विज्ञप्तिमा हमासको कब्जाबाट मुक्त गरेको उल्लेख छ । उनीहरुलाई हमासले गाजा क्षेत्रबाटै बन्धकमुक्त बनाएको हो । उनीहरु आफन्त भेट्न गएको बेला अक्टोबर ७ अर्थात् असोज २० गते हमासको कब्जामा परेका थिए ।

असोज २० गतेदेखि चलिरहेको हमास–इजरायल युद्धमा पाँच हजार पाँच सय जनाभन्दा धेरैको ज्यान गइसकेको छ ।एजेन्सी

सम्बन्धित खबर