२०८१ असोज ४, शुक्रवार , ०८:१४:५५ बजे

Sajhamanch
'

सिस्टम ह्याक गरेर बद्री केसीलाई जिताइएको भन्दै गैरआवासीय नेपाली संघमा तनाव

शुक्रवार, कार्तिक ३, २०८०

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेशन तथा विश्व सम्मेलनबाट अध्यक्ष पदमा सिस्टम ह्याक गरेर डा. बद्री केसी विजयी भएको भन्दै तनाव उत्पन्न भएको छ ।अनलाइन भोटिङ प्रणाली कब्जामा लिएर चुनावमा धाँधली गरिएको आरोप लगाउँदै अन्य उम्मेदवारले मत परिणाम अस्वीकार गर्ने घोषणा गरेका छन् ।

सिस्टम ह्याक गरेर नतिजा डा. केसीको पक्षमा पारिएको अध्यक्षका अर्का प्रत्यासद्वय आरके शर्मा र महेश श्रेष्ठले आरोप छ । उनीहरूले अब कानुनी प्रक्रियामा जाने बताएका छन् ।अध्यक्ष पदमा उम्मेदवारी दिएकी रविना थापाले समेत उम्मेदवारी निष्क्रिय गरेर श्रेष्ठलाई समर्थन गरिन । निर्वाचनमा बद्री केसी १३७८ मत ल्याएर बिजयी भएको घोषणा गरिएको छ । यस्तै आरके शर्माले १२८१ र महेश श्रेष्ठले १२२५ मत प्राप्त गरेको निर्वाचन समितिले घोषणा गरेको छ । यो परिणामसँगै संघमा भाडभैलो उत्पन्न भएको छ ।

 

सम्बन्धित खबर