२०८१ पौष २७, शनिवार , ०३:३७:१७ बजे

Sajhamanch
'

विश्वकप क्रिकेट :भारतविरुद्ध बंगलादेशले २५६ रन बनायो

बिहिवार, कार्तिक २, २०८०

काठमाडौँ । विश्वकप क्रिकेटको १३ औं सस्करण अन्र्तगत आयोजक भारतविरुद्ध बंगलादेशले २५६ रन बनाएको छ।

भारतको पुनेमा जारी यो खेलमा बंगलादेशले टस जितेर पहिला व्याटिङ गर्दै निर्धारीत ५० ओभरमा ८ विकेट गुमाएर २५६ रन बनाएको हो।

बंगलादेशकालागि सबैभन्दा वढि लिटन कुमार दासले ८२ बलमा ७ चौकासहित ६६ रन बनाए । त्यसगरी तंज़िद हसनले ४३ बलमा ५ चौका र ३ छक्का सहित ५१ रनको योगदान दिए। महमुदउल्लाहले ३६ बलमा ३ चौका र ३ छक्कासहित ४६ रन बनाए।

त्यसैगरी मुशफ़िक़ुर रहीमले ४६ बलमा १ चौका र १ छक्का सहित ३८ रन बनाए ।त्यसैगरी कप्तान नजमुल शान्तो ८ रनमा, मेहदी हसन ३ रनमा तथा मो। तौहीद हृदोय १६ रन बनाएर आउट भए।बंगलादेशका नासुम अहमद १४ रन बनाएर आउट भए।

भारतका लागि रवींद्र जाडेजाले १०ओभरमा ३८ रन खर्चेर २ विकेट लिए।त्यसैगरी मोहम्मद सिराज र जसप्रीत बुमराहले दुई दुई विकेट तथा , शार्दुल ठाकुर र कुलदीप यादवले एक एक विकेट लिए।

जारी प्रतियोगितमा दुवैको यो चौथो खेल हो।आयोजक भारत यस अघिका तीनै खेल जितेर ६ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ। बंगलादेशले चाहि यस अघि खेलेको तीन मध्ये १ मा जित र २ मा हारसहित २ अंक पाएर तालिकाको छैठौ स्थानमा रहेको छ।

बंगलादेश र भारत अहिलेसम्म ५० ओभरको खेलमा ४० पटका आमने सामने भएका छन।३१ पटक भातरले खेल जित्न ८ पटक बंगलादेशले भारतलाई हराएको छ। १ पटक भने खेलको निर्णय हुन सकेको थिएन।

विश्वकप क्रिकेटमा चाहि भारत र बंगलादेशबिच अहिलेसम्म ४ पटक प्रतिस्पर्धा भएको छ। ३ पटक भारतले खेल जितेको छ भने एक पटक बंगलादेशले खेल जितेको छ।

सम्बन्धित खबर