इजरायल र हमासबीच बढ्दो द्वन्द्वलाई लिएर प्यालेस्टाइनलाई समर्थन गर्दै हजारौँ मोरक्कनवासी सडकमा उत्रिएका छन् । उनीहरले प्यालेस्टाइनको समर्थन गर्दै शान्तिपूर्ण प्रदर्शन गरेका हुन् । हजारौँ मोरक्कनवासी प्यालेस्टाइनको समर्थन गर्दै रबात शहरको सडकमा उत्रिएका थिए ।
उनीहरुले प्यालेस्टानइनको झण्डा बोकेर प्रदर्शन गरेका थिए । उनीहरुले युद्धले समस्या समाधान नगर्ने भन्दै वार्ताका लागि पहल गर्नसमेत आग्रह गरेका छन् । इजरायलले हमासविहीन भूमि बनाउने संकल्प गरेपछि अमेरिकासहित युरोपियन युनियन आबद्ध राष्ट्रहरू, जापान र भारतसमेतको समर्थन पाएको छ । अमेरिकाले जंगी जहाजसहित आवश्यक युद्ध सामग्रीहरूको सहयोग खुलेर गर्दै छ । रुस र चीन सम्वाद र शान्तिको कुरा गरे पनि अमेरिकाको समर्थन प्राप्त इजरायललाई सहयोग गर्ने उनीहरूको नीति छैन । एजेन्सी