२०८१ पौष १२, शुक्रवार , ०९:५१:३३ बजे

Sajhamanch
'

विश्वकप क्रिकेट: आज नेदरल्याण्ड्स र दक्षिण अफ्रिकाबिच खेल हुँदै

मङ्गलवार, असोज ३०, २०८०

काठमाडौँ । भारतमा जारी विश्वकप क्रिकेटको १३ औं सस्करण अन्तर्गत आज नेदरल्याण्ड्स र दक्षिण अफ्रिकाबिच खेल हुँदैछ।

भारतको धर्मशाला क्रिकेट मैदानमा हुने यी दुई बिचको खेल नेपाली समय अनुसार दिउँसो २स् १५ बजे देखि सुरु हुनेछ।

जारी प्रतियोगितामा यी दुवैको तेस्रो खेल हो। यस अघि भएका दुवै खेल जितेर दक्षिण अफ्रिका ४ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ भने नेदरल्याण्ड्स दुवै खेल हारेर अंक तालिकाको पुछार १० औं स्थानमा रहेको छ। यी दुई बिच अहिलेसम्म ६ वटा प्रतिस्पर्धा भएका छन्। ६ वटै खेलमा दक्षिण अफ्रिकाले नेदरल्याण्ड्सलाई हराएको छ।

यसैगरी जारी विश्वकप क्रिकेटमा पाँच पटकको विजेता अस्ट्रेलियाले हिजो श्रीलङ्कालाई ५ विकेटबाट पराजित गर्दै पहिलो जित निकालेको छ। अस्ट्रेलिया ३ खेलबाट २ अंकका साथ तालिकाको आठौँ स्थानमा रहेको छ। श्रीलङ्काले भने ३ खेलबाट कुनै अंक पाएको छैन। उ तालिकाको नवौँ स्थानमा रहेको छ।

आयोजक भारत ३ खेलमा तीन वटैमा विजयी हुँदै तालिकाको पहिलो स्थानमा रहेको छ। त्यसैगरी न्युजिल्याण्डले पनि ३ खेलमा तीनै जित निकालेर दोस्रो स्थानमा रहेको छ। त्यसैगरी दक्षिण अफ्रिका २ खेलबाट ४ अंक पाएर तेस्रो तथा ३ खेलबाट ४ अंक बटुलेर पाकिस्तान चौथौँ स्थानमा रहेका छन्। इग्ल्याण्ड , अफगानिस्तान, बङ्गलादेश र अस्ट्रेलियाले ३ खेल मध्ये १ खेल जितेर दुई दुई अंक पाएका छन। रनरेटको आधारमा इग्ल्याण्ड पाँचौ ,अफगानिस्तान छैठौ , बङ्गलादेश सातौँ र अस्ट्रेलिया आठौँ स्थानमा रहेका छन।