२०८१ पौष २७, शनिवार , १२:५५:५९ बजे

Sajhamanch
'

गाजामा २४ सय मानिसको मृत्यु, हजारौँको जीवन जोखिममा

सोमवार, असोज २९, २०८०

काठमाडौं । प्यालेस्टाइनी लडाकु समूह हमास र इजरायलबीच जारी युद्धमा ठूलो जनधनको क्षति भइसकेको छ । यही अक्टोबर ७ मा हमासले एक्कासि इजरायलमा आक्रमणपछि गरेपछि द्वन्द्व चर्किएको हो ।

गाजामा स्थिति दिनदिनै बिग्रँदै गएको छ । इजरायलको आक्रमणबाट त्यहाँ अहिलेसम्म २४ सय ५० जनाको मृत्यु भएको र एक हजार मानिस हराइरहेको बीबीसीले जनाएको छ ।

गाजामा पानी, खाना, बिजुली र औषधिको संकट चुलिएको छ । अबको २४ घण्टामा गाजाका सबै अस्पतालमा इन्धन पूर्ण रूपमा सकिने भन्दै संयुक्त राष्ट्रसंघले यस्तो अवस्थामा हजारौँ बिरामीको जीवन जोखिममा पर्ने चेतावनी दिएको छ ।

उता, हमासको आक्रमणमा परी इजरायलमा अहिलेसम्म १४ सय मानिसको मृत्यु भएको बीबीसीले जनाएको छ ।

दजनौँ मानिसलाई हमासले बन्धन बनाएको बीबीसीले उल्लेख गरेको छ ।

सम्बन्धित खबर