२०८१ फागुन २, शुक्रवार , १२:०४:११ बजे

Sajhamanch
'

एमाले अध्यक्ष ओलीको चियापान कात्तिक ३ गते बिर्तामोडमा

आइतवार, असोज २८, २०८०

झापा । विगत धेरै वर्षदेखि दशैंको महानवमीका दिन हुने गरेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको चियापान समारोह यो वर्ष सोभन्दा अगावै हुने भएको छ ।

नकपा एमाले बिर्तामोड नगरकमिटीका अध्यक्ष सुवास भट्टराईले कात्तिक ३ गते १२ बजेदेखि बिर्तामोडको सिटी सेन्टरमा पार्टी अध्यक्ष ओलीको चियापान समारोह आयोजना गरिएको जनाएका हुन् ।

आज बिहान नगरकमिटीको विस्तारित बैठकमा अध्यक्ष भट्टराईले उक्त कार्यक्रममा सबै तहका पार्टी कार्यकर्ताहरुको सहभागिता जुटाउन आग्रह गरेका हुन् ।

उक्त कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरुको समेत सहभागिता रहने गरी निमन्त्रणा गरिने जनाईएको छ ।

सम्बन्धित खबर