
काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट अन्तर्गत आज पनि एक मात्र खेल हुने भएको छ। आजको खेलमा न्युजिल्यान्ड र बङ्गलादेश आमनेसामने हुनेछन्।
चेन्नईको एमए चिदम्बरम स्टेडियममा हुने आजको खेल दिउँसो २ः१५ मा सुरु हुनेछ।
केन विलियमसनको कप्तानीमा रहेको न्युजिल्यान्ड आजको खेल जित्दै अङ्क तालिकाको शिर्ष स्थानमा माथि उक्लिन चाहन्छ भने शाकिब अल हसनको कप्तानीमा रहेको बङ्गलादेश पनि आफ्नो अङ्क सुधार गर्न चाहन्छ।
समान दुई खेल खेलेको बङ्गलादेशले एउटामा जित हात पारेको छ भने एक खेलमा पराजित भएको छ। न्युजिल्यान्डले भने दुबै खेलमा जित हात पारेको छ।