२०८१ मंसिर १२, बुधवार , ०१:२२:०१ बजे

Sajhamanch
'

दुर्गा प्रसाईंका समर्थकले झापामा गरे महेश बस्नेत सहभागी कार्यक्रमका गाडी तोडफोड

बिहिवार, असोज २५, २०८०

झापा। नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा पूर्व मन्त्री महेश बस्नेत प्रमुख अतिथि रहेको कार्यक्रममा सहभागी हुन आएका एमाले कार्यकर्ता चढेको गाडीमा दुर्गा प्रसाईंका समर्थक र पहिचानवादीको समूहले तोडफोड गरेका छन् ।

राष्ट्रिय युवा संघ अर्जुनधारा नगर कमिटीको प्रथम नगर अधिवेशन उद्घाटन गर्न बस्नेत बिहीबार झापा आएका थिए । त्यस क्रममा उनलाई प्रदर्शनकारीले कालो झण्डा देखाउँदै विरोध गरेका हुन् । कडा सुरक्षाबीच कार्यक्रम स्थल पुगेका बस्नेतले नगर अधिवेशन उद्घाटन गरेका छन् ।

तर प्रदर्शनकारीले कार्यक्रमस्थल आसपास राखिएका गाडीमा ढुंगा प्रहार गर्दै शिशा फुटाइ दिएका छन् ।‌ घटनामा संलग्न भएको आरोपमा प्रहरीले बिक्रम सुब्बालाई नियन्त्रणमा लिएको छ । कार्यक्रम चलुन्जेल अर्जुनधारा क्षेत्रमा पहिचानवादीले नारावाजी गरेका थिए ।

कार्यक्रमस्थलभन्दा ५०० मिटर टाढा पार्किङमा राखिएका एमाले नेताका २५ भन्दा बढी गाडीमा तोडफोड भएको बताइएको छ । त्यसबट करिब एक करोडको रुपैयाँ बराबरको क्षति भएको एमाले झापाको दाबी छ ।

बस्नेतले अहिले मुलुकमा सरकार भएको भन्ने जनताले महसुस नगरेको आरोप लगाए । भने, जनचाहना अनुसार काम गर्न नसक्ने सरकार असफल भइसकेको छ ।

प्रसाईंले काठमाडौमा मोसो दलिएको घटनाको बदला लिने चेतावनी दिएका थिए । जिल्ला प्रहरी कार्यालय झापाले अहिले स्थिति सामान्य रहेको जनाएको छ ।