२०८१ माघ १७, बिहिवार , ०२:००:५७ बजे

Sajhamanch
'

माओवादीका आङ्बोलाई कोशी प्रदेशको मुख्यमन्त्री बनाउने गठबन्धनको निर्णय

बिहिवार, असोज २५, २०८०

काठमाडौँ । नेकपा माओवादीका इन्द्र आङ्बोलाई कोशी प्रदेशको मुख्यमन्त्रीका रुपमा आघि सार्ने सत्तारुढ गठबन्धनले निर्णय गरेको छ । गठबन्धनको बिहीबार बसेको बैठकले आङ्बोलाई प्रदेशको मुख्यमन्त्रीको उम्मेदवारको रुपमा अघि सार्ने निर्णय गरेको हो ।

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेका अनुसार नेपाली कांग्रेसकै प्रस्तावमा आङ्बोलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउन लागिएको हो । ‘आङ्बोको नाममा गठबन्धनले सर्वसम्मत निर्णय गरेको हो,’ पाण्डेले भने, ‘सम्भव भए आजै नै दाबी पेस गर्ने समेत कुरा भएको छ ।’

सम्बन्धित खबर