२०८२ असार ४, बुधवार , ०६:१५:३३ बजे

Sajhamanch
'

विश्वकप क्रिकेटमा आज अस्ट्रेलिया र दक्षिण अफ्रिका भिड्दै

बिहिवार, असोज २५, २०८०

काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट सन् २०२३ अन्तर्गत आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच खेल हुँदैछ।

एकना स्पोर्ट्र्स सिटी लखनउमा हुने यी दुई टोलीबीचको खेल दिउँसो २ः१५ मा सुरु हुनेछ।

पाँच पटकको विजेता अस्ट्रेलिया प्याट कमिन्सको कप्तानीमा मैदान उत्रने छ भने दक्षिण अफ्रिका टेम्बा बावुमाको कप्तानीमा मैदान उत्रनेछ।

जारी प्रतियोगितामा दुबै टोलीले समान एक एक खेल खेलेको छ। जसमा अस्ट्रेलिया भारतसँग पराजित भएको थियो भने दक्षिण अफ्रिकाले श्रीलङ्कालाई पराजित गरेको थियो।

आजको खेलमा जित निकाल्दै दक्षिण अफ्रिका अङ्क तालिकामा माथि उक्लन चाहन्छ भने अस्ट्रेलिया पहिलो अङ्क जोड्न चाहन्छ।

सम्बन्धित खबर