झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका संस्थापक अध्यक्ष रामचन्द्र उप्रेती, प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीसहित उप्रेती परिवारमा आजदेखि मातृशोक परेको छ ।
उहाँहरुकी आमा जानुकादेवी उप्रेतीको ८९ वर्षको उमेरमा आज अपराह्न ३ः१७ बजे निधन भएको हो । निजी निवास मेचीनगर–६ मा उनको निधन भएको हो । जानुकादेवीका ४ छोरा र २ छोरी छन् ।
उनका जेठा छोरा रामचन्द्र र माइलो छोरा लक्ष्मीप्रसाद सहकारी अभियन्ता हुन् । माइला छोरा लक्ष्मीप्रसाद काँकरभिट्टा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख पनि हुन् । साहिँलो छोरा गोपीचन्द्र गैरसरकारी संस्थाहरुमा नेतृत्वदायी भूमिकामा कार्यरत छन् भने कान्छो छोरा मनोज सूर्योदय टेलिभिजनका अध्यक्ष हुन् ।
कान्छी छोरी बबिता ढकाल ओखलढुङ्गा जिल्ला अदालतमा न्यायाधीश छन् भने माइली बुहारी मीना मेचीनगर नगरपालिकाका उपप्रमुख हुन् । कान्छी बुहारी विष्णु सूर्योदय टेलिभिजनको प्रबन्ध निर्देशक हुन् ।
केही दिनदेखि अस्वस्थ भई बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचाररत जानुकादेवीलाई अस्पतालबाट आज नै डिस्चार्ज गरी घर लगिएको थियो । उनको अन्तिम संस्कार बिहीबार बिहान १० बजे मेचीनदीको घाटमा गरिने परिवारले जनाएको छ ।