
काठमाडौं । अफगानिस्तानमा बुधबार बिहान पुनः ६.३ म्याग्निच्युडको भूकम्प गएको छ । यसअघि गत शनिबार गएको भूकम्पमा परी २४०० भन्दा बढी मानिसको ज्यान गएको थियो ।
अघिल्लो भूकम्पकै संकटसँग जुधिरहेका बेला अफगानिस्तानमा बुधबार फेरि भूकम्प गएको हो । भूकम्पमा परी १०० भन्दा बढी मानिस घाइते भएको र उनीहरूलाई अस्पताल लगिएको बताइएको छ ।
हेरात राज्यको राजधानी हेरात नजिक आएको भूकम्पले नजिकका जिल्लामा ठूलो क्षति पु¥याएको बताइएको छ । भूकम्पपछि आएको पहिरोले हेरात–टोरघुन्डी राजमार्ग अवरुद्ध गरेको छ ।
सहायता एजेन्सीहरूले अहिले त्यहाँ ब्ल्यांकेट, खाद्यान्न र अन्य आपूर्तिको अभाव भएको बताएका छन् ।