
काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट सन् २०२३ अन्तर्गत आज भारत र अफगानिस्तानबीच खेल हुँदैछ।
नयाँ दिल्लीस्थित अरुण जेटली स्टेडियममा हुने भारत र अफगानिस्तानबीचको खेल दिउँसो २ः १५ बजे सुरु हुनेछ।
रोहित शर्माको कप्तानीमा मैदान उत्रने भारतले आजको खेलमा जित हात पार्दै अङ्क तालिकामा माथि उक्लिन चाहन्छ भने हशमतुल्लाह शाहिदीको कप्तानीमा मैदान उत्रने अफगानिस्तानले जित हात पार्दै पहिलो अङ्क जोड्न चाहन्छ।
जारी लिगमा दुबै टोलीले समान १/१ खेल खेलेका छन्। जसमा भारतले जित हात पारेको छ भने अफगानिस्तान पराजित भएको छ।