२०८१ मंसिर १२, बुधवार , ०४:११:४० बजे

Sajhamanch
'

आजको मौसम

बुधवार, असोज २४, २०८०

काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहँदा कोसी र मधेस प्रदेशमा विहानैबाट वर्षा भइरहेको छ । कोसी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम बिहान सामान्यतया सफा रहेको छ ।

ल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।कोसी, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा मधेस र लुम्बिनी प्रदेशको एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

विभागले आज राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ जनाएको छ । कोसी, मधेस, वाग्मती प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

सम्बन्धित खबर

आजको मौसम
मङ्गलवार, मंसिर ११, २०८१
आजको मौसम
सोमवार, मंसिर १०, २०८१
आजको मौसम
आइतवार, मंसिर ९, २०८१