काठमाडौं । अमेरिकाको सानफ्रान्सिस्कोस्थित चिनियाँ वाणिज्य दूतावासमा सोमबार कार ठोक्काउने एक व्यक्ति प्रहरीको गोलीबाट मारिएका छन् ।
घटनास्थलमा अधिकारीहरु पुगेपछि परिचय नखुलाइएका ती व्यक्तिलाई गोली हानेर मारिएको प्रहरीले बताएको हो । इन्टरनेटमा सेयर गरिएको भिडियोमा एक निलो होन्डा कार दूतावास भवनको लबीमा पुगेको र त्यहाँबाट दर्जनौँ मानिस भागिरहेका देखिन्छ ।
वाणिज्य दूतावासले एक विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गरेको छ । घटनास्थलमा आफ्ना कर्मचारी र अन्य व्यक्तिहरूको सुरक्षामा गम्भीर खतरा भएको बताएको छ ।
प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको बताए पनि थप जानकारी सार्वजनिक गरिएको छैन ।
सानफ्रान्सिस्कोमा अर्को महिना एसिया– प्यासिफिक इकोनोमिक कोअपरेस हुँदैछ । त्यसमा चिनियाँ राष्ट्रपति सी चिनफिङ समेत सहभागी हुने अपेक्षा गरिएको छ ।