काठमाडौँ । भारतमा जारी विश्वकप क्रिकेट अन्र्तगत इग्ल्याण्ड र बंगलादेशविच खेल हुँदै खेल हुँदैछ ।बंगलादेशले टस जितेर इग्ल्याण्डलाई पहिलो व्याटिङ गर्ने निम्तो दिएको छ।
भारतको हिमान्चल प्रदेशको धर्मशाला रंगशालामा हुने यो खेल नेपाली समय अनुसार अहिले विहान १०:४५ हुनेछ।
यो विश्वकपमा यी दुवैको दोस्रो खेल हो । साविक विजेता इग्ल्याण्ड साविक उपविजेता न्युजिल्याडसंग पराजित भएको थियो। पहिलो खेलमा बंगलादेश चाहि अफगानिस्तानलाई ६ विकेटबाट हराएको थियो।
आज ६५ प्रतिशत वर्षा हुने मौसम पूर्वानुमान गरिएकाले यो खेल वर्षाले प्रभावित हुने अनुमान गरिएको छ । यस पिच वलिङको लागि उपयुक्त मानिएको छ । यस पिचमा अहिले सम्म २१० रनको उच्चतम स्कोर बनेको छ । यस मैदानमा पहिला व्याटिङ गर्ने टोलीले भन्दा दोस्रो व्याटिङ गर्नेले खेल वढि जितेको इतिहास रहेको छ।
दुवै टिम एकदिवसीय खेलमा २४ पटक भिडेका छन् । जसमा इग्ल्याण्डले १९ र बंगलादेशले ५ पटक खेल जितेका छन्।