![](https://sajhamanch.com/wp-content/uploads/2023/10/isreal_zBsrV9465H.webp)
काठमाडौँ । इजरायलमा भएको आतङ्कवादी आक्रमणको गैर आवासीय नेपाली सङ्घले घोर भर्त्सना गरेको छ । सङ्घले एक विज्ञप्ति जारी गर्दै इजरायल सरकारप्रति ऐक्यबद्धता जनाएको हो ।
गैर आवासीय नेपाली सङ्घ इजरायलका जनता र सरकारका साथै यस निर्मम आक्रमण प्रभावित पीडित एवं परिवारहरूप्रति गहिरो समवेदना प्रकट गर्दछ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ,विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा थप भनिएको छ ।आक्रमणमा नेपालबाट इन्टर्नसिपका लागि त्यहाँस्थित सेदोट नेगेभ कृषि केन्द्रमा गएका ९ जना नेपाली घाइते भएको र तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको इजरायलस्थित गैर आवासीय नेपाली सङ्घको राष्ट्रिय समन्वय परिषद्द्मार्फत हामीले जानकारी लिएका छौँ । हामीसँग सम्पर्कमा आएका सो केन्द्रका केही नेपालीका अनुसार त्यहाँ १७ जना नेपालीहरु रहेका मध्ये ९ जना घाइते भएका हुन् । अन्य ५ जनाको सकुशल उद्धार भएको छ । ३ जना भने सम्पर्क विहीन छन् । आक्रमण प्रभावित नेपालीहरूको विस्तृत विवरण लिने प्रयास जारी छौँ ।
नेपालीको सुरक्षा, र उद्धारका साथै घाइतेको उपचारका लागि गैर आवासीय नेपाली सङ्घले राजदूतावास र त्यहाँस्थित सक्रिय नेपाली संघसंस्थाहरुसँग निरन्तर समन्वय गरिरहेको पनि सङ्घले जनाएको छ ।