काठमाडौं । जारी आइसीसी विश्वकप अन्तर्गत आज पाकिस्तान र नेदरल्याण्डसबीच खेल हुदै छ। भारतको हैदरावादमा हुने यो खेल नेपाली समय अनुसार अपराहन्ह सवा २ बजे बजेदेखि शुरु हुदै छ।
नेदरल्याण्डस विश्वकप क्वालिफायरबाट विश्वकपमा छनौट भएको हो। नेदरल्याण्डस योसहित पाँचौं पटक एकदिवसीय विश्वकप खेल्दै छ। यस अघि विश्वकपको पहिलो चरणसम्म खेलेर बाहिरिएको नेदरल्याण्डस पछिल्लो पटक २०११ को विश्वकप खेलेको थियो। त्यसैगरी १९९२ को विश्वकप विजेता पाकिस्तान भने अहिलेसम्मका सबै योसहित १३ विश्वकपमा सहभागी भएको छ। १९९२ मा इमरान खानको कप्तानीमा विश्वकप जितेको पाकिस्तान १९९९ को विश्वकपमा उपविजेता बनेको थियो। पछिल्लो विश्वकपमा समूह चरणबाट बाहिरिएको पाकिस्तान यस विश्वकपको दाबेदार मध्येको एक देश मानिन्छ।