बिर्तामोड । नेपाल महिला संघ झापाको क्षेत्रीय तदर्थ समिति विस्तार गरिएको छ । जिल्ला समितिको बैठकको निर्णय अनुसार क्षेत्रस्तरमा खटाइएका जिल्ला पदाधिकारी एवं प्रतिनिधि र पार्टीको क्षेत्रीय समितिसँगको समन्वयमा झापाका पाँचवटै क्षेत्रमा समिति विस्तार गरिएको हो ।
नेपाल महिला संघ झापाका अध्यक्ष टिका सिटौला मैनालीको अध्यक्षतामा केन्द्रीय सदस्यहरु उमा शिवाकोटी र राधा कार्कीको उपस्थितिमा सम्पन्न जिल्ला समितिको बैठकले गठित समितिलाई अनुमोदन गरेको हो ।
जस अन्तरगत झापा क्षेत्र नं १ को अध्यक्षमा रचना घिमिरे चयन भएकी छन् भने उपाध्यक्षमा विष्णु राई, सचिवमा धनकला दाहाल थापा र कृष्णा खनाल, सहसचिवमा विनादेवी खनाल र कोषाध्यक्षमा सिता ढुङ्गाना रहेको जनाइएको छ ।
यसैगरी क्षेत्र नं. २ को अध्यक्षमा मनु विश्वकर्मा, उपाध्यक्षमा लक्ष्मी तिम्सिना र शोभा आचार्य, सचिवमा प्रभा पौडेल र पूर्णिमा सिटौला, सहसचिवमा सिता चुडाल सुवेदी, सरिता ओली र ज्ञानु थापा तथा कोषाध्यक्षमा सावित्रा ओडारी बाह्रकोटी चयन भएका छन् ।
झापा क्षेत्र नं ३ को अध्यक्षमा उर्मिला गौतम चयन भएकी छन् भने उपाध्यक्षमा मेनुका भट्टराई दाहाल र भीमा दाहाल, सचिवमा शिला तामाङ र सबिना शर्मा लिम्बू र सहसचिवमा दुर्गा राई, नर्वदा अधिकारी र कोषाध्यक्षमा लक्ष्मी निरौला तथा धनकुमारी गुरुङ चयन भएका छन् ।
यसैगरी झापा क्षेत्र नं ४ महिला संघको तदर्थ समितिको अध्यक्षमा पुष्पा प्रसाई चयन भएकी छन् । समितिको उपाध्यक्षमा दुर्गा ओली र बेलवती राजवंशी, सचिवमा डा. ग्रिसा रावल र सहसचिवमा यामकुमारी प्रधान र पवित्रा पाण्डे तथा कोषाध्यक्षमा निर्मला बस्नेत चयन भएको जनाइएको छ ।
यसैगरी नेपाल महिला संघ झापा क्षेत्र नं ५ को तदर्थ समिति अध्यक्षमा गोमा बुढाथोकी, उपाध्यक्षमा कमला बाँस्कोटा, सचिवमा कल्पना थापा, सहसचिवमा सुशिला प्रसाई चयन भएका नेपाल महिला संघ झापाका सचिव उर्मिला ढकाल पोखरेलले जानकारी दिएकी छन् ।
बैठकले केही समयका लागि नेपाल महिला संघ झापाका उपाध्यक्ष शर्मिला अधिकारीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी पनि तोकेको जनाइएको छ ।