२०८१ पौष २५, बिहिवार , १२:४९:४५ बजे

Sajhamanch
'

बाँके प्रशासनको चेतावनी :सामाजिक सञ्जालमा सद्भाव खलल हुने काम नगर्नू

बुधवार, असोज १७, २०८०

काठमाडौं ।जिल्ला प्रशासन कार्यालय बाँकेले धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने काम नगर्न चेतावनी दिएको छ ।बुधबार दिउँसो विज्ञप्ति जारी गर्दै प्रशासनले सामाजिक सञ्जाल र कुनै पनि माध्यमबाट त्यस्ता सामग्री प्रसारणरप्रकाशन नगर्नरनगराउन चेतावनी दिएको हो ।

‘नेपालगञ्जमा धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने गरी सामाजिक सञ्जाल तथा अन्य माध्यममा कुनै पनि किसिमको लेखेर, बोलेर र श्रव्यदृश्य जस्ता संचार सामग्रीहरु प्रचार(प्रचार नगर्न नगराउन पुनस् अनुरोध गर्दै त्यस्ता गतिविधि गरे गराएको पाइएमा प्रचलित कानून बमोजिम कडा कारबाही गरिनेछ,’ वक्तव्यमा उल्लेख छ ।

साथै प्रशासनले बाँकेमा सामाजिक र धार्मिक सद्भाव कायम राख्न सहयोग गर्न धार्मिक अगुवा, नागरिक समाज, सञ्चारकर्मीलगायत नागरिकलाई अनुरोध गरेको छ ।बाँकेको नेपालगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच तनाव बढ्ने संकेत देखिएपछि मंगलबार दिउँसो १ बजेदेखि कर्फ्यु जारी गरिएको छ ।

स्थानीय प्रशासन ऐन २०२८ को ६ (क)मा कुनै ठाउँमा आन्दोलन वा हुलदंगा भई शान्ति भंग हुन सक्ने देखिएमा परिस्थितिको विचार गरी प्रमुख जिल्ला अधिकारीले त्यस्तो स्थानको सिमाना तोकी कर्फ्यु लगाउन सक्ने व्यवस्था छ ।

कर्फ्युको बेला आवत-जावत गर्न, भेला हुन र तोकेको अरु कुनै काम गर्न पाइँदैन । कर्फ्यु आदेश उल्लंघन गर्ने व्यक्तिलाई गिरफ्तार गर्नेदेखि गोली चलाउनेसम्मको अधिकार प्रहरीलाई हुन्छ ।

गिरफ्तार गरिएका व्यक्तिलाई प्रमुख जिल्ला अधिकारीले एक महिनासम्म कैद वा एक हजार रुपैयाँ जरिवाना वा दुवै सजाय दिन सक्छ ।कर्फ्युपछि भने नेपालगञ्ज शान्त बनेको छ ।

सम्बन्धित खबर