२०८१ फागुन १, बिहिवार , ०२:१४:४८ बजे

Sajhamanch
'

बझाङमा फेरि ४.१ म्याग्निच्युडको धक्का, परकम्प निरन्तर

मङ्गलवार, असोज १६, २०८०

काठमाडौं । बझाङमा मंगलबार ठूला भूकम्पपछि सानातिना परकम्प आएको छ ।

दिउँसो ३ बजेर ४५ मिनेटमा बझाङको सुर्मा आसपास केन्द्रविन्दु भएको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको सुर्खेत कार्यालयले जानकारी गराएको छ । कार्यालयका अनुसार यो मंगलबारै दिउँसो गएको ६.३ म्याग्निच्युडको भूकम्पको परकम्प हो ।

अरू केही साना परकम्प पनि मापन गरिएको छ । तर, त्यसको म्याग्निच्युड यकिन गर्न समय लाग्ने कार्यालयले जनाएको छ ।

बझाङ सदरमुकाम चैरपुर आसपास केन्द्रविन्दु भएर आज दिउँसो ३ बजेर ६ मिनेटमा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि साना परकम्प मापन भइरहेको कार्यालयले जनाएको छ ।

मंगलबारै दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तालकोट आसपास केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

सम्बन्धित खबर