२०८१ पौष ८, सोमवार , ०७:३९:०६ बजे

Sajhamanch
'

धरानलाई हराउँदै जलपाइगुडी क्वाटर फाइनलमा प्रवेश

सोमवार, असोज १५, २०८०

मानेभञ्ज्याङ (भारत) । सातौं मानेभञ्ज्याङ गोल्डकपमा बिएससी जलपाइगुडीले विजयी सुरुवात गरेको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा पानबारी एफसी धरानलाई ३–१ गोल अन्तरले हराउँदै जलपाइगुडीले अन्तिम ८ मा स्थान बनाएको हो ।

जलपाइगुडीको जितमा स्टेफेन समिरले २ गोल र करण राईले १ गोल गरे ।

धरानका पदम भट्टराईले सान्तवना गोल फर्काए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोश्रो हाफमा ४ गोल निस्किएको हो ।

दुवै टिममा शहीद स्मारक ए डिभिजन लिग खेलेका खेलाडीहरुको बाहुल्यता रहेको थियो ।

प्रतियोगिताको दोश्रो प्रि–क्वाटरफाइनल खेलमा रेडहर्र्स इलाम र चाँद एफसी तीनधारे बिच प्रतिस्पर्धा हुनेछ ।

आगामी अक्टोबर १५ (असोज २८) गतेसम्म चल्ने प्रतियोगिताको बिजेताले ८ लाख (भारु ५ लाख) र उपविजेताले ४ लाख (भारु २ लाख ५० हजार) प्राप्त गर्नेछ । प्रतियोगितामा नेपालका ५ क्लब र भारतका ११ क्लब सहभागी छन् ।

मानेभञ्ज्याङ फुटबल क्लबले विगतका वर्षहरुदेखि अन्तरदेशीय सम्बन्ध विस्तारका लागि नेपाल–भारत सिमानामा पर्ने मानेभञ्ज्याङ बजारमा फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ ।

सम्बन्धित खबर