झापा । जिल्ला प्रहरी कार्यालय झापाले सम्पन्न गरेको विद्यालय स्तरीय निबन्ध प्रतियोगितामा उत्कृष्ट हुने तीनजना प्रतियोगी विद्यार्थीलाई प्रहरी दिवसको अवसरमा पुरस्कृत गर्ने भएको छ ।
६८औँ प्रहरी दिवस २०८० को अवसरमा असोज १२ गते विद्यालय स्तरीय निबन्ध लेखन प्रतियोगिता सम्पन्न गरिएको थियो । सो निबन्ध लेखन प्रतियोगितामा प्रथम, द्वितिय र तृतीय हुनेलाई प्रहरी दिवस असोज ३० गते पुरस्कृत गरिने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको हो ।
उक्त प्रतियोगितामा सहभागी भएका २४ जना विद्यार्थीहरू मध्ये कमल गाउँपालिका ७ स्थित सरस्वती माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत छात्रा प्रगति दाहाल प्रथम भएकी छन् ।
यस्तै कमल गाउँपालिका वडा नं. ३ स्थित लालिमा आवासीय माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत छात्रा सलुजा पोखरेल द्वितीय भइन् भने बिर्तामोड नगरपालिका वडा नं. ३ स्थित महेन्द्र रत्न माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत तृष्णा भट्टराई तृतीय एकी थिइन् ।
तीनैजना उत्कृष्ट प्रतियोगीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।