२०८१ मंसिर ११, मङ्गलवार , १०:१०:३९ बजे

Sajhamanch
'

नेपाल उद्योग तथा व्यवसायी महासंघ झापा जिल्ला कमिटी कार्कीको नेतृत्वमा सर्वसम्मत

बिहिवार, असोज ११, २०८०

झापा । नेपाल उद्योग तथा व्यवसायी महासंघ झापा जिल्ला कमिटीको अध्यक्षमा पर्वत कार्की सर्वसम्मत निर्वाचित भएका छन् ।
महासंघका केन्द्रीय अध्यक्ष एलपी सावाँका प्रमुख आतिथ्यमा आज बिर्तामोडमा उद्घाटन गरिएको प्रथम अधिवेशनको बन्दसत्रले बिर्तामोडका कार्कीको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो ।

महासंघको २ जना उपाध्यक्षमा मेचीनगरका चेतराज विष्ट र शिवसताक्षीका विष्णुप्रसाद प्रसाई तथा १ जना सचिवमा दकमका रामप्रसाद रिमाल चयन भएका छन् ।

महासंघका अन्य पदाधिकारीहरु १ जना कोषाध्यक्षमा बिर्तामोडका लक्ष्मीप्रसाद सापकोटा, ३ जना उपसचिवहरु बिर्तामोडका गोमा भट्टराई, बुद्धशान्तिका सूर्यबहादुर तामाङ र गौरादहका पुण्यप्रसाद सिग्देल तथा १ जना सह–कोषाध्यक्षमा दमकका भीमा रिजाल चुनिएका छन् ।

अधिवेशनले झापाका हरेक नगरपालिकाबाट कम्तीमा १ जना महिलासहित ३ जना र गाउँपालिकाबाट १ जना महिलासहित २ जनाको प्रतिनिधित्व रहने गरी जिल्ला कमिटी सदस्य चयन गरेको छ । यस्तै चारवटा वस्तुगत संघबाट १–१ जनाको जिल्ला कमिटीमा प्रतिनिधित्व रहने गरी जिल्ला कमिटी चयन गरिएको छ ।

अधिवेशनबाट गठित कमिटीका पदाधिकारी र सदस्यहरुलाई अध्यक्ष मण्डलका अध्यक्ष प्रकाश अधिकारीले पद तथा गोपनियताको सपथ गराएका थिए । सो पछि नवनिर्वाचित अध्यक्ष पर्वत कार्कीले प्रतिवद्धता मन्तब्य राखेका थिए ।

महासंघका अध्यक्ष प्रल्हादमणि ओलीले कमिटीको तर्फबाट प्रतिवेदन प्रस्तुत गरी अध्यक्ष मण्डलको घोषणा गर्दै आफ्नो नेतृत्वको जिल्ला कमिटी विघटन गरेका थिए । सो पछि प्रकाश अधिकारीको नेतृत्वमा रिङकुमार आचार्य, नारायण काफ्ले, गोपाल काफ्ले, अर्जुन मैनाली, इन्दिरा श्रेष्ठ र लोकमाया ढुंगानाको ७ सदस्यीय अध्यक्ष मण्डलले नयाँ नेतृत्व प्रतिनिधिहरुको सहमतिमा सर्वसम्मत चयन गरेको हो ।

अधिवेशन उद्घाटन समारोहमा नेकपा एमाले झापाका अध्यक्ष दिपक कार्की, महासंघका कोशी प्रदेश अध्यक्ष गणेश बस्नेतलगायतले आफ्ना धारणा राखेका थिए ।

सम्बन्धित खबर