२०८१ माघ ११, शुक्रवार , १०:४०:५३ बजे

Sajhamanch
'

थाईल्यान्डका चर्चित मानव अधिकारकर्मी नाम्पालाई चार वर्षको जेल सजाय

बुधवार, असोज १०, २०८०

राजसंस्थाको सरंक्षण गर्ने कानुनको चर्को विरोधबीच थाईल्यान्डका एक चर्चित मानव अधिकारकर्मी आनोन नाम्पालाई चार वर्ष जेल सजाय सुनाइएको छ । नाम्पामाथि थाई राजा महा वाचिरालोङ्कोर्नको भूमिकाबारे सार्वजनिक बहस हुनुपर्ने माग गरेको र राजाको अपमान गरेको अभियोग छ ।यसै वर्षको शुरूमा चुनाव जितेको पार्टीले कानुनमा संशोधन गर्ने वाचा गरेको भए पनि अधिकारकर्मी नाम्पालाई दिइएको सजायले राजसंस्थाको आलोचना गर्न नपाइने विवादित कानुन बहाल रहने सङ्केत गरेको छ । सन् २०२० मा भएको प्रदर्शनको क्रममा गरेको एउटा टिप्पणीबारे परेको मुद्दामा बैंककको अदालतले उहाँलाई दोषी ठहर गरेको बीबीसीले जनाएको छ ।

सन् २०१४ मा ‘कू’ मार्फत् सेना शक्तिमा आएयता यस्तो कानुनको व्यापक प्रयोग गरिएको छ । सन् २०२० को अगस्ट ३ मा सेनाले समर्थन गरेको सरकारविरुद्ध विद्यार्थीहरूले नेतृत्व गरेको प्रदर्शनका क्रममा देशमा सुधार गर्नुपर्ने क्षेत्रहरूमध्ये राजतन्त्र पनि पर्ने बताएपछि आनोन नाम्पा चर्चामा आउनु भएको थियो । एजेन्सी

सम्बन्धित खबर