२०८१ पौष २४, बुधवार , ०६:११:१९ बजे

Sajhamanch
'

कोरोना भाइरसको उत्पत्तिबारे जानकारी दिन चीनसँग डब्ल्युएचओको आग्रह

मङ्गलवार, असोज ९, २०८०

 विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का प्रमुख टेड्रोस अधानोम गेब्रेयेसले कोरोना भाइरसको उत्पत्तिबारे जानकारी दिन चीलाई आग्रह गरे। चिनियाँ अधिकारीहरुसँगको छलफललमा कोरोना भाइरसको उत्पत्तिबारे जानकारी गराउन आग्रह गर्नुभएको हो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार विश्वका औषधि उत्पादक कम्पनीहरुले कोरोना भाइरसका नयाँ भेरियन्टविरुद्ध प्रभावकारी खोप विकास गर्ने प्रयास गरिरहेका बेला डब्लूएचओ प्रमुखको यस्तो भनाइ आएको हो ।

डब्लूएचओले यसअघि नै चीनसमक्ष लिखित रुपमा कोरोना भाइरसको उत्पत्तिबारे सूचना दिन आग्रह गरेको उहाँको भनाइ छ । कोरोना भाइरस सर्वप्रथम सन् २०१९ को डिसेम्बर महिनामा चीनको वुहान शहरमा देखा परेको थियो । यसको महामारीका कारण विश्वभर दशौँ लाख मानिसहरुको ज्यान गइसकेको छ ।
एजेन्सी ।

सम्बन्धित खबर