२०८१ माघ १७, बिहिवार , ०८:४५:४० बजे

Sajhamanch
'

कोशी प्रदेश सरकारमा मन्त्रीहरु थपिए

सोमवार, असोज ८, २०८०

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज मन्त्रिपरिषद विस्तार गरेका छन् । उनले दुई मन्त्री र दुई राज्यमन्त्री थप गरेका हुन् ।

मुख्यमन्त्री कार्कीले नेपालको संविधानको धारा १६८ उपधारा ९ बमोजिम आज मन्त्रिपरिषदमा नियुक्ति तथा जिम्मेवारी हेरफेर गरिएको प्रदेशप्रमुख समक्ष पठाइएको सिफारिसमा उल्लेख छ ।

जसअनुसार बुद्धिकुमार राजभण्डारी खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री बनेका छन् भने लीलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका छन् ।

त्यस्तै रामप्रसाद मेहता उद्योग, भूमि व्यवस्था तथा कृषि राज्य मन्त्री र निरन राई आर्थिक मामिला तथा योजना मन्त्री बनेका छन् । सोमबारको विस्तारपछि कोशीको मन्त्रिपरिषद ९ सदस्यीय भएको छ ।

सम्बन्धित खबर