२०८१ माघ ४, शुक्रवार , १२:०८:५३ बजे

Sajhamanch
'

आबस बिर्तामोड सेवाकेन्द्रमा सदस्य शिक्षा कार्यक्रम

आइतवार, असोज ७, २०८०

बिर्तामोड । आधुनिक बचत तथा ऋण सहकारी संस्था मेचीनगर ६ ले बिर्तामोड सेवा केन्द्र सञ्चालनमा ल्याएको १०औं वर्षगाँठको अवसरमा सदस्य शिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।

बिर्तामोड सेवा केन्द्र कार्यालयको सभाहलमा सञ्चालक समिति सदस्य एवमु बिर्तामोड सेवा केन्द्र व्यवस्थापन उपसमिति संयोजक कविता डाँगी थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । सदस्य शिक्षा कार्यक्रममा संस्थाका अध्यक्ष कमल थापाले आधुनिक साकोसले सञ्चालनमा ल्याएका सदस्य लक्षित योजनाहरुका बारेमा प्रकाश पारेका थिए ।

यस्तै संस्थाका व्यवस्थापक पारस ओलीले सहकारी संस्थाको परिचय र बचतका प्रकारहरु एवम् सदस्यले प्राप्त गर्ने सुविधाहरु माथि सहजीकरण गरेका थिए ।

आजको सदस्य शिक्षा कार्यक्रम मुलतः संस्थाले प्रचलनमा ल्याएको मोवाइल बैंकिङ सुविधालाई प्रभावकारी उपयोग गर्ने सम्बन्धमा रहेको थियो । सो सम्बन्धी सहजीकरण संस्थाका आईटी विभाग प्रमुख माधव भट्टराईले गरेका थिए ।

सदस्य शिक्षा कार्यक्रममा सहभागी एक सय जनाभन्दा बढी सेयर सदस्यहरुले आजको कार्यक्रमबाट नै मोवाइल बैंकिङ सुविधा लिन फारम भरेको बिर्तामोड सेवा केन्द्र कार्यालयका प्रमुख प्रियङ्का उप्रेतीले जानकारी दिइन् ।

बिर्तामोड सेवा केन्द्र स्थापना दिवस तथा सदस्य शिक्षा कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष स्वस्तिका आचार्य र पत्रकार गोपाल काफ्लेले सहकारी र नेतृत्व विकास सम्बन्धी विशेष मन्तब्य राखेका थिए ।

बिर्तामोड सेवा केन्द्र कार्यालयका प्रमुख उप्रेतीले सञ्चालन गरेको सो कार्यक्रममा संस्थाका ५ जना प्रारम्भिक सदस्यहरुलाई खादा ओडाएर सम्मान गरिएको थियो ।

बिर्तामोड सेवा केन्द्र ब्यवस्थापन उपसमितिका सदस्य सिर्जनलाल चौधरीले शाब्दिक स्वागत गरेको कार्यक्रमको औचित्य माथि उपाध्यक्ष युवराज भट्टराईले प्रकाश पारेका थिए ।