२०८१ पौष २६, शुक्रवार , ०३:०७:५३ बजे

Sajhamanch
'

चन्द्रयानसँग सम्पर्क स्थापित हुन सकेन, अझै १४ दिन कुर्ने

आइतवार, असोज ७, २०८०

काठमाडौं । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले चन्द्रयान–३ को विक्रम ल्यान्डर र प्रज्ञान रोभरसँग सम्पर्क स्थापित गर्न थप १४ दिन कुर्ने बताएको छ ।

इसरोले चन्द्रयान–३ को ल्यान्डर र रोभरलाई चन्द्रमामा अर्को सूर्यास्त नहुँदासम्म सम्पर्क स्थापित गर्ने प्रयास जारी राख्नेछ । चन्द्रमामा अर्को सूर्यास्त अब अक्टोबर ६ मा हुनेछ ।

यद्यपि, इसरोका प्रमुख श्रीधारा पणिकर सोमनाथले चन्द्रयान–३ का उपकरणहरूसँग सम्पर्क कहिले स्थापित हुनेछ भन्ने निश्चित नभएको बताएका छन् ।

चन्द्रयान–३ को ल्यान्डर र रोभरले पृथ्वीका १४ दिन बराबरको चन्द्रमाको रात कटाउन कठोर चुनौतीको सामना गर्नुपर्छ । यो अवधिमा ल्यान्डर र रोभरले माइनस २०० देखि माइनस २५० डिग्री सेल्सियससम्मको तापक्रम झेल्नुपर्छ ।

यो चिसोमा ब्याट्रीहरूको तापक्रम समेत घट्ने हुँदा यसअघिको रातमा ल्यान्डर र रोभरसँग इसरोको विच्छेद भएको थियो ।

इसरोले दुवै उपकरण निद्राको अवस्थामा गएको र फेरि सम्पर्क स्थापितको प्रयास गर्ने बताएको थियो । अब, सम्पर्क स्थापित भएमा यसले फेरि चन्द्र धरातलमा हिँडडुल गर्नेछ अन्यथा सम्पर्क विच्छेद भएर सधैका लागि त्यहीँ रहनेछ ।

सम्बन्धित खबर