काठमाडौं । बेनिनमा इन्धन डिपोमा आगलागी हुँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ ।
अन्य एक दर्जनभन्दा बढी गम्भीर घाइते भएका छन् । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको अधिकारीहरूले बताएका छन् ।
नाइजेरियाको सीमाना नजिकैको सेमे–पोड्जी सहरमा तस्करी गरिएको इन्धनको गोदाममा शनिबार आगलागी भएको थियो ।
जहाँ कार, मोटरसाइकल र ट्राइसाइकल ट्याक्सीहरू इन्धन भण्डारण गर्न आएका थिए ।
“आगोले पसल जलेको छ । प्रारम्भिक मूल्यांकनअनुसार एक बच्चासहित ३५ जनाको मृत्यु भएको छ, अभियोजक अब्दुबाकी एडम–बोङले मन्त्रालयको विज्ञप्तिमा भनेका छन् ।