२०८१ फागुन १२, सोमवार , ०७:४५:२१ बजे

Sajhamanch
'

सरकार र शिक्षकबीच ६ बुँदे सहमति, आन्दोलन फिर्ता

शुक्रवार, असोज ५, २०८०

काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीच ६ बुँदे सहमति भएको छ ।

सहमति भएपछि नेपाल शिक्षक महासंघद्वारा आह्वान गरिएका काठमाडौं केन्द्रित सबै किसिमका कार्यक्रमहरु आजकै मितिदेखि अन्त्य भएको छ । सार्वजनिकलगायत सबै किसिमका विद्यालयमा अध्ययन अध्यापनलाई नियमित गरी पठन पाठन सञ्चालन गर्ने सहमति भएको छ ।

नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधर र शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारीले ६ बुँदे सहमतिमा हस्ताक्षर गरेका छन् ।

सहमतिअनुसार शिक्षकको दरबन्दी मिलान तथा पद मिलान सम्बन्धी व्यवस्था स्थानीय आवश्यकता, विषयगत व्यवस्था, विद्यार्थी संख्या र विद्यार्थीको पहुँचलाई आधार बनाउने सहमति भएको छ ।

शिक्षकको मर्यादाक्रम कायम गर्ने, विधेयकमा भएका केही व्यवस्था संशोधन गर्ने लगायतमा सहमति जुटेको छ ।