२०८१ माघ ६, आइतवार , ०३:०९:०३ बजे

Sajhamanch
'

असाेज ६ गते काठमाडौंमा माेती गजल मुशायरा

बिहिवार, असोज ४, २०८०

काठमाडौँ । आदि-गजलकार मोतीराम भट्टको जन्मजयन्तीको अवसर पारेर नेपाल गजल प्रतिष्ठानले यसवर्ष पनि गजल मुशायरा कार्यक्रम गर्ने भएकाे छ ।

राष्ट्रिय नाचघरको मिनी प्रेक्षालयमा असोज ६ गते शनिवारका दिन उक्त कार्यक्रम गर्ने संस्थाका अध्यक्ष लालकाजी श्रेष्ठले बताएका हुन् ।

सो मुशायरा कार्यक्रममा आदि-गजलकार मोतीराम भट्टप्रति श्रद्धा सुमन अभिव्यक्त गर्दै तीन चर्चित युवा गजलकारहरूले आआफ्ना गजलहरू तरन्नुम र तहत शैलीमा प्रस्तुत गर्ने जनाइएको छ ।

कार्यक्रममा आगो गजलकारका रूपमा परिचित तनहुँका गजलकार अन्जान यात्री, आफ्नो सुमधुर आवाज मार्फत गजललाई तरुनम शैलीमा प्रस्तुत गर्न माहिर धादिङकी गजलकार राधा कणेल र अर्का प्रखर गजलकार झापाका मिलनकुमार ढुङ्गानाको तहत एवम् तरन्नुमका जादुमय प्रस्तुतिहरू रहने बताइएकाे छ ।

प्रतिष्ठानले अन्य गजलकारहरूलाई समेत प्रत्यक्ष रूपमा आफ्नो सहभागिता रहेको अनुभूति गराउने उद्देश्यले मञ्चमा उपस्थित तीन गजलकारहरूबाट थप तीन गजलकारको १/१ ओटा गजल प्रस्तुत गर्ने परम्परालाई यस मुशायरामा पनि निरन्तरता दिनेछ !

यसका अलावा १० गजलकारका १० उत्कृष्ट शेरहरूलाई कार्यक्रमका सहजकर्ता एवं सूत्रधार आँचल कुमार शर्माले वाचन गर्ने आयोजकले जनाएको छ ।

संस्थाले आगामी कार्तिक १८ गते सांस्कृतिक संस्थानकै मुख्य प्रेक्षालयमा साङ्गीतिक गजल गुञ्जन कार्यक्रम समेत आयोजना गर्दैछ ।

सम्बन्धित खबर