२०८१ मंसिर १८, मङ्गलवार , ०५:४८:२१ बजे

Sajhamanch
'

गुगल म्यापले देखाएको बाटो जाँदा भत्किएको पुलबाट खसेर मृत्यु, परिवारले हाल्यो मुद्दा

बिहिवार, असोज ४, २०८०

काठमाडौं । अमेरिकाको उत्तरी क्यारोलिनामा गुगल म्यापले देखाएको बाटो हुँदै जाँदा भत्केको पुलमा खसेर एकजनाको मृत्यु भएको छ । परिवारले कम्पनीविरुद्ध लापरबाहीको मुद्दा दायर गरेको छ ।

फिलिप प्याक्सन नाम गरेका व्यक्ति २०२२ को सेप्टेम्बर ३० मा आफ्नो जिप ग्लेडिएटरसहित हिकोरीको स्नो क्रीकमा खसेका थिए ।

चिकित्सा बिक्रेता एवं दुई सन्तानका पिता प्याक्ससन आफ्नी छोरीको नवौँ जन्मदिनको पार्टीबाट अपरिचित सडकको बाटो हुँदै घर फर्किएका थिए ।

म्यापले ९ वर्ष अघि भत्किएको र मर्मत नगरिएको पुल पार गर्न निर्देशन दिएको थियो । पार गर्ने क्रममा पुलबाट खसेर मृत्यु भएको बताइएको छ ।

त्यसपछि सेनाले पल्टिएको र आंशिक रूपमा डुबेको ग्लेडिएटर ट्रकमा प्याक्सनको शव फेला पारेका थिए । उनीहरूले भत्किएको सडकमा कुनै अवरोध वा चेतावनी चिन्ह नरहेको बताए ।

गुगलका प्रवक्ता जोसे कास्टानेडाले प्याक्सनको परिवारप्रति सहानुभूति प्रकट गर्दै मुद्दाको समीक्षा भइरहेको बताएका छन् ।

सम्बन्धित खबर