नान्जिङ । पूर्वी चीनको जियाङ्सुमा आँधीका कारण पाँचजनाको मृत्यु भएको छ भने चारजना गम्भीर घाइते भएका छन् ।
स्थानीय अधिकारीहरूका अनुसार पूर्वी चीनको जियाङ्सु प्रान्तमा मंगलबार आएको आँधीमा परी सो संख्यामा मृत्यु भएको हो । अधिकारीहरूले घटनाको विवरण बुधबार मात्र दिएका हुन् । सुकिसिपमा आँधी साँझ ५ बजेतिर भएको हो ।
स्थानीय निकायले गरेको क्षतिको प्रारम्भिक विवरणअनुसार आँधीबाट पाँच हजार ५१२ जना प्रभावित भएका छन् भने एक हजार ६४६ घरमा सामान्य क्षति भएको छ । अन्य १३७ घरमा भने पूर्ण क्षति भएको छ ।
आँधीले ४२ हेक्टरमा लगाइएको बालीमा क्षति भएको छ । आँधीबाट ४०५जना विस्थापित भएका छन् । नहरको आपतकालीन व्यवस्थापन विभागले उनीहरूले सहायता सामग्री प्रदान गरेको छ ।