२०८१ पौष २७, शनिवार , ०४:०९:३७ बजे

Sajhamanch
'

भारतको जवाफी कारबाही : क्यानडाली उच्चायुक्तलाई पाँच दिनभित्र देश छाड्न निर्देशन

मङ्गलवार, असोज २, २०८०

काठमाडौं । भारतले क्यानडाका एक उच्च कूटनीतिज्ञलाई पाँच दिनभित्र देश छाड्न निर्देशन दिएको छ । भारतका लागि क्यानडाका राजदूतमार्फत मंगलबार यस्तो निर्देशन दिइएको हो ।

खालिस्तानीको हत्या प्रकरण : क्यानडाले निष्कासन गर्‍यो रअ प्रमुख, भारतसँग चर्कियो विवाद


क्यानडाले एक खालिस्तानी अभियानकर्ता हरदीप सिंह निज्जरको हत्यामा भारत सरकार जोडिएको भन्दै सोमबार रअका प्रमुख पवनकुमार राईलाई निष्कासन गरेको थियो । त्यसकै बदलास्वरूप भारतले उच्च क्यानडाली कूटनीतिज्ञलाई पाँच दिनभित्र देश छोड्न निर्देशन दिएको हो ।

भारतले क्यानडाको आरोप अस्वीकार गरेको छ । भारतको विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले एक विज्ञप्ति जारी गर्दै पाँच दिनभित्र क्यानडाली उच्चायुक्तलाई देश छोड्न निर्देशन दिइएको जानकारी गराएका छन् ।

सम्बन्धित खबर