
काठमाडौं । टर्की सेनाले उत्तरी इराकमा प्रतिबन्धित कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) लक्षित दुई हवाई आक्रमण गरेको छ ।
प्रतिबन्धित कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके)का नेताहरू लुकेको स्थानलाई लक्षित गरी आक्रमण गरिएको हो ।
जुन ३१ ठाउँमा रहेको बताइएको छ । गुफा, केही घरहरू मुख्य लक्ष्य राखिएको बताइएको छ । टर्कीका सुरक्षा बलहरू प्रायः उत्तरी इराकमा सीमापार कारबाही अभियानमा लागेका छन् ।
यो क्षेत्र लडाकुहरू लुक्ने ठाउँ रहेको बताइएको छ । जहाँबाट उनीहरू टर्कीविरुद्ध आक्रमण गर्दछन् ।