२०८१ माघ ४, शुक्रवार , ०३:३५:१८ बजे

Sajhamanch
'

वक्तृत्वकला प्रतियोगिता गरी सप्तकमा बालदिवस मनाइयो

आइतवार, भदौ ३१, २०८०

बिर्तामोड । यहाँस्थित सप्तक संगीतालयले बाल दिवसको उपलक्ष्यमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । संगीतालयले आफ्ना विद्यार्थीहरु बिच प्रतियोगिता गराएको संस्थापक आकृति खतिवडाले जानकारी दिइन् ।

प्रतियोगितामा रितिका गौतम, सपना भट्टराई ,लक्ष्य सोनी, लोजिफुङ लिम्बू, अग्नि सिग्देल, नबिनता कोइराला, नित्यन्स अग्रवाललाई पुरस्कृत गरिएको खतिवडाले बताइन् ।

गायन प्रशिक्षक अर्पण सापकोटाको अध्यक्षता तथा न्यूटन्स बाल क्लब फोकल पर्सन मिनु शिवाकोटीको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रमको संचालन सिमृका बोहोरा, काब्या सोनी, अन्वेशा थापाले संयुक्तरूपमा गरेका थिए ।

संगीतालयका संरक्षक कुशल पौडेलले स्वागत तथा कार्यक्रमको औचित्य प्रकाश पारेका थिए । संगीतालयले बालबालिकालाई नृत्य ,गायन, उद्घोषण, आर्ट लगायतका प्रशिक्षण प्रदान गर्दै आएको छ ।

शनिबारको दिन बालबालिकाको समय खेर जानबाट बचाउन स्याटर्डे क्लासको रुपमा संगीतालयले प्रशिक्षण प्रदान गर्दै आएको छ । प्रत्येक दिन गायन र बाध्यवादनको कक्षा पनि सञ्चालन गरिँदै आएको संरक्षक पौडेलले जानकारी दिएका छन् ।

सम्बन्धित खबर