२०८१ माघ ३, बिहिवार , ११:३६:४२ बजे

Sajhamanch
'

बाल दिवस : शहीद धर्मभक्त माविमा सांगीतिक तथा साँस्कृतिक कार्यक्रम

शुक्रवार, भदौ २९, २०८०

कमल । आज भदौं २९ गते, देशभर विभिन्न कार्यक्रमको आयोजना गरी राष्ट्रिय बालदिवस मनाइएको छ । विभिन्न विद्यालय एवम् शिक्षा क्षेत्रसँग जोडिएका क्लबहरुले आ–आफ्नो तवरले बालदिवस मनाएका हुन् ।

बालदिवस मनाउने शिलशिलामा झापाको कमल गाउँपालिका वडा नं. ३ स्थित शहिद धर्मभक्त माध्यमिक विद्यालयमा सांगीतिक तथा साँस्कृतिक कार्यक्रम गरिएको छ ।

“बालबालिकामा लागानी : सुनिश्चित भविष्यको थालनी” भन्ने नाराका साथ मनाइएको यो वर्षको बालदिवसमा सो विद्यालयमा १३ वटा सांगीतिक र १६ वटा सामुहिक खुल्ला नृत्य प्रतियोगिता गरिएको थियो ।

प्रधानाध्यापक मधुसुदन अधिकारीले कार्यक्रममा सहभागी विध्यार्थीलाई शुभकामना दिँदै यस्ता कार्यक्रमले उनीहरुमा थप हौसाला बढ्ने र आगामी दिनमा थप प्रगति गर्न प्रोत्साहन पुग्ने सुझाए ।

प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुने समूहलाई नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियो । त्यसैगरी विध्यालयद्वारा आयोजना गरिएको सदनात्मक विभिन्न विधाका अतिरिक्त क्रियाकलामामा प्रथम, द्वितिय र तृतिय हुने विध्यार्थीलाई पनि सोही अवसरमा पुरस्कृत गरिएको थियो ।

अतिरिक्त क्रियाकलाप अन्तर्गत चित्रकला, वक्तृत्वकला, वादविवाद, गायन, हाजिरीजवाफ, नेपाली र अंग्रेजी भाषामा हस्तलेखन लगायतका अतिरिक्त क्रियाकलाप गरिएका विभागीय संयोजक भिमचन्द्र न्यौपानेले जानकारी दिए ।

शहीद धर्मभक्त बालक्लवका अध्यक्ष निलिमा राईको अध्यक्षतामा भएको कार्यक्रममा विध्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ खतिवडा, पिटिए अध्यक्ष अमृता लामा, विध्यालयका बाल संरक्षक शिक्षक भवानीप्रसाद रेग्मी विध्यालयका शिक्षक कर्मचारी लगायतको सहभागिता थियो ।

कार्यक्रम बालक्लवका उपाध्यक्ष आकृती अधिकारी तथा सदस्य पुष्पा लम्जेल, पूजा बानियाँ र भुपेन्द्र कोइरालाले सञ्चालन गरेका थिए ।

सम्बन्धित खबर