इजरायल गाजा सीमामा भएको बिष्फोटमा मारिएका पाँचजना प्यालेस्टाइनी युवाको अन्त्येष्टिमा हजारौँ गाजावासी सहभागी भएका छन्। बिहीबार हजारौँ गाजावासीहरु उनीहरुको अन्त्येष्टिमा सहभागी भएका हुन्।
बुधबार भएको बिष्फोटमा कम्तीमा पाँच जना प्यालेस्टाइनीको मृत्यु भएको थियो। घटनामा अन्य २५ जना घाइते भएका छन्। बिष्फोटअघि दर्जनौँ प्यालेस्टाइनी प्रदर्शनकारी र इजरायली सैनिकहरुबीच सीमामा झडप भएको थियो। बिष्फोटको कारण अझै पत्ता लाग्न सकेको छैन।एजेन्सी