२०८१ मंसिर १४, शुक्रवार , ०२:३२:२३ बजे

Sajhamanch
'

साना निर्माणकर्मी संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा राजवंशी

शुक्रवार, भदौ २९, २०८०

झापा । साना निर्माणकर्मी संघ झापाको अध्यक्षमा पुनः केदार राजवंशी निर्वाचित भएका छन् ।

संघको बिहीवार भएको तेस्रो अधिवेशन तथा पाँचौ साधारणसभाले राजवंशीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

जसको वरिष्ठ उपाध्यक्षमा धनकुमार राई, उपाध्यक्ष नितानन्द राजवंशी, सचिव रंजन शाह, सहसचिव मोतीलाल चौधरी तथा कोषाध्यक्षमा दन्तलाल राजवंशी रहेका छन् ।

त्यस्तै सदस्यहरुमा मोहम्मद सादिक मिया, थुपु राजवंशी, दिया चौधरी, नवलकिशोर शाह, रामलाल राजवंशी, पोलास राजवंशी, थिता राजवंशी रहेका छन् ।

त्यस्तै राजु राजवंशी प्रमुख सल्लाहकार रहेको सल्लाहकार समितिसमेत गठन भएको छ । जसमा कृष्णप्रसाद भट्टराई, इसुफ मिया, प्रेमप्रसाद राजवंशी, पदमप्रसाद सुवेदी र इन्द्रसिंह राजवंशी रहेका छन् ।

कार्यक्रमको उद्घाटन गर्दै बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले निर्माण कार्यमा खटिने निर्माणकर्मीहरुको क्षमता अभिबृद्धि गरिनुपर्नेमा जोड दिए । उनले घरधनी र ठेकेदारबीच लिखित सम्झौता नहुँदा पछि समस्या आउने भएकाले वडा कार्यालयमा लिखित सम्झौता गरेर मात्र ठेक्कापट्टा गर्न सुझाव दिए ।

बिर्तामोड ४ का वडाध्यक्ष राहुल शर्माले निर्माणकर्मीहरुलाई सानो र ठूलो भनेर विभेद गर्न नहुने बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला संयोजक उमेश खरेलले पेशागत रुपमा स्वतन्त्र रहन चाहने साना निर्माणकर्मी संघका निर्माणकर्मीहरुलाई राजनीतिमा धकेल्न नहुने बताए । राष्ट्रिय स्वतन्त्र पार्टीका बिर्तामोड संयोजक शम्भु भण्डारीले पनि कार्यक्रममा मन्तव्य राखेका थिए ।

संघका अध्यक्ष केदार राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा सांगठानिक प्रतिवेदन सचिव रंजन शाहले प्रस्तुत गरेका थिए ।

संघका सल्लाहकार तथा प्रतिदिन दैनिकका सम्पादक इन्द्रसिंह राजवंशीले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन कृष्णप्रसाद भट्टराईले गरेका थिए ।

सम्बन्धित खबर