
सुडानमा सेनाले गरेको ड्रोन आक्रमणमा मारिनेको संख्या ४० पुगेको छ ।राजधानी खार्तुमको दक्षिणी इलाकामा रहेको मेयो क्षेत्रको खुला बजारमा आइतकार भएको आक्रमणमा ७० जना घाइते भएका छन् । घाइतेहरु सबै अगंभंग अवस्थामा रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।सुडानामा गत अप्रील १५ देखि सरकारी सेना र विद्रोही अर्धसैनिक बल ¥यापिड सपोर्ट फोर्सबीच सुरु भएको द्धन्द्ध राजधानी खार्तुम, पश्चिमी क्षेत्र डार्फरदेखि कोर्डोफान र जाजिरा राज्यसम्म फैलिएको छ ।
युद्धले उग्र रुप लिदाँ पनि दुवै पक्षबीच वार्ता हुन सकेको छैन । बिगत पाँच महिनाको अवधिमा यी दुई समुहबीचको द्धन्द्धले हजारौँको मृत्यु भइसकेको छ भने लाखौँ पलायन भईसकेका छन् । एजेन्सी ।