२०८१ मंसिर १०, सोमवार , ११:४७:५२ बजे

Sajhamanch
'

११०औं विपी जयन्तीको अवसरमा भद्रपुरमा अन्तरक्रिया

आइतवार, भदौ २४, २०८०

भद्रपुर । विपी कोइरालाको ११० औं जयन्तीको अवसर पारेर भद्रपुरमा अन्तरक्रिया तथा विचार गोष्ठी गरिएको छ ।

विपी प्रतिष्ठान झापा तथा प्रजातान्त्रिक विचार समूह झापाको आयोजनामा विपीको विचार विमर्शका लागि भद्रपुर १० चन्द्रगढीमा अन्तरक्रिया तथा विचार गोष्ठी सम्पन्न गरिएको हो ।

प्रतिष्ठानका सभापति गोविन्द लम्सालको अध्यक्षता तथा नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियारको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विपीको विचार छाडिँदै गएकोमा काँग्रेस कार्यकर्ताहरूले नेतृत्व माथि प्रश्न उठाएका थिए ।

सो कार्यक्रममा विचार राख्दै सहमहामन्त्री परियारले नेपाली राजनीतिमा विचार र सिद्धान्त भएको एकमात्र नेता विपी कोइराला रहेको धारणा राखेका थिए । संघीय सांसदसमेत रहेका परियारले राष्ट्रियताको सवालमा सचेत दूरदर्शी विचार र क्रान्तिकारी क्षमताका धनी भएको प्रष्ट पार्दै विपी कोइराला जनपक्षीय समाजवादका प्रर्वतक रहेको बताए ।

उनले विपीसँग राज्य समुन्नत बनाउने सपना भए पनि निरङ्कुश राजाका कारण समय नपाएको जिकिर गर्दै सहमहामन्त्री परियारले राजनीतिमा समाज सुधारक क्रान्तिकारी विचार पालेका कोइराला साहित्यमा मनोविश्लेषणवादी प्रयोगवादका प्रर्वतक सहेको धारणा राखे ।

प्रजातान्त्रिक विचार समूह झापाका अध्यक्ष चिन्तामणि दाहालले कार्यक्रमको औचित्य माथि प्रकाश पारेको कार्यक्रममा नेपाली काँग्रेस सम्बद्ध विभिन्न तहका नेता तथा कार्यकर्ता, बुद्धिजीवि तथा भातृ संगठन सम्बद्ध व्यक्तिहरूको सहभागिता रहेको थियो । अधिवक्ता भरत प्रसाईले कार्यक्रम सञ्चालन गरेका थिए ।

सम्बन्धित खबर