२०८१ मंसिर ११, मङ्गलवार , ०८:१८:४१ बजे

Sajhamanch
'

होटल ब्यवसायी संघ झापामा नयाँ नेतृत्व सर्वसम्मत

शुक्रवार, भदौ २२, २०८०

झापा । होटल व्यवसायी संघ झापाको अध्यक्षमा इन्दिरा श्रेष्ठ पुनः निर्वाचित भएकी छन् ।

आज शुक्रबार बिर्तामोडमा भएको १०औं जिल्ला अधिवेशनबाट दोस्रो कार्यकालका लागि श्रेष्ठ पुनः अध्यक्षमा निर्विरोध निर्वाचित भएकी हुन् ।

३ वर्षे कार्यकालका लागि श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । संघको वरिष्ठ उपाध्यक्षमा ख्यामप्रसाद ओली, उपाध्यक्षमा रामकुमार प्रसाई, महासचिवमा शिवराज पौडेल, सचिवमा मानबहादुर गिरी, कोषाध्यक्षमा रमेश मगर निर्विरोध चयन भएका छन् ।

त्यस्तै, सदस्यहरुमा तिलकबहादुर श्रेष्ठ, ढुका कुमाल, निरज सिटौला, टेकबहादुर बस्नेत, डम्बरबहादुर नेम्वाङ, जयप्रकाश राई, नोर्वुलामा शेर्पा, भिम सुब्बा र चन्द्रा बुढाथोकी चयन भएका छन् ।

निर्वाचित पदाधिकारी र सदस्यहरुलाई डिल्लीराम दाहाल संयोजक र डिल्लीराम घिमिरे, डिल्लीराम मैनाली सदस्य तथा सदस्य सचिव कल्पना मिश्रको निर्वाचन मण्डलीले सपथ ग्रहण गराएका थिए ।

बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतरा प्रसाईको प्रमुख आतिथ्यमा भएको उद्घाटन समारोहमा होटल व्यवसायी महासंघका उपाध्यक्ष देवी गौतम (रबिन), कोशी प्रदेश अध्यक्ष राजन दङ्गाल, मेचीनगर अध्यक्ष सुरेशकुमार श्रेष्ठ, चेम्बर अफ कमर्श झापाका अध्यक्ष ओमकृष्ण बिमली लगायतले मन्तब्य राखेका थिए ।

दोस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित अध्यक्ष श्रेष्ठले अघिल्लो कार्यकालमा निमार्णाधिन अवस्थामा रहेको जिल्ला संघको अपुरो भवनलाई पूर्णता दिने तथा कोभिडसँगै आर्थिकरुपमा खस्किँदै गएको जिल्लाको होटल व्यवसाय र व्यवसायीको हक हितका लागि काम गर्ने प्रतिवद्धता ब्यक्त गरेकी छन् ।

उनले अघिल्लो कार्यकालमा कोभिडका कारण सोचेजति काम गर्न नसकिएको बताउँंदै सबैको सहकार्य र सहयोगले केही सकारात्मक काम गरिएको समेत अध्यक्ष श्रेष्ठले बताइन् । उनले अगामी दिनमा आफ्नो नयाँ कमिटीले योजना बनाएर काम गर्ने पनि प्रतिवद्धता ब्यक्त गरेकी छन् ।

सम्बन्धित खबर