२०८१ असोज ३, बिहिवार , ११:३१:१४ बजे

Sajhamanch
'

नौ जनालाई अनेसास नवरत्न पुरस्कार

बिहिवार, भदौ २१, २०८०

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नौ जना महिलालाई नवरत्न पुरस्कारले सम्मान गर्ने भएको छ ।

नेपाली साहित्य, कला, संस्कृति र समाजसेवाका क्षेत्रमा योगदान पुर्याएका नौ जना महिलालाई विशेष व्यक्तित्वका रुपमा जनही नगद २५० अमेरिकी डलरसहित सम्मानपत्रले सम्मानित गर्न लागेको हो ।

नवरत्न पुरस्कार समिति संयोजक तारा अधिकारीको संयोजकत्वमा पुनम काफ्ले र गोमा न्यौपाने संलग्न समितिको बैठकले उक्त निर्णय गरेको जनाइएको छ ।

समितिको निर्णयअनुसार अनु शाह (साहित्य–बोस्टन), आचार्य प्रभा (साहित्य–कोलोराडो), ज्योति राई (समाजसेवा–न्यूयोर्क), मञ्जु कार्की संग्रौला (डिसी–समाजसेवा), माया गुरूङ् (साहित्य– बेलायत),रीतादेवी प्रधान (क्यालिफोर्निया), साहित्य, शान्ता घिमिरे (न्यूजर्सी–साहित्), डा. संगीता स्वेच्छा (साहित्य–बेलायत) र सुनिता डंगोल (उपप्रमुख– काठमाडौं महानगर) समाजसेवा रहेका छन् ।

हालसम्म उक्त पुरस्कारबाट ४५ जना महिला सम्मानित भइसकेको जनाइएको छ ।

सम्बन्धित खबर