२०८१ माघ २५, शुक्रवार , ०७:४८:४५ बजे

Sajhamanch
'

डेंगी संक्रमितको संख्या २४ हजार नाघ्यो, ६ दिनमा २३०० जनामा संक्रमण

बिहिवार, भदौ २१, २०८०

काठमाडौं । सेप्टेम्बरका ६ दिनमा नेपालमा दुई हजार ३२३ जना डेंगी संक्रमित थपिएका छन् ।

यो संख्यासँगै यसवर्ष (जनवरीदेखि ६ अगष्ट)सम्म नेपालमा डेंगी संक्रमितको संख्या २४ हजार १२ पुगेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांक छ ।

सबैभन्दा धेरै संक्रमित कोसी प्रदेशमा १८ हजार ३१९ जना रहेका छन् । त्यस्तै, वाग्मतीमा तीन हजार ३१६, मधेसमा ५२१, गण्डकीमा ७०६, लुम्बीनीमा ४०९, कर्णालीमा ४९ र सुदूरपश्चिममा ६९२ जनामा संक्रमण पुष्टि भएको छ ।

काठमाडौं उपत्यकाका तीन जिल्लामा ८०८ जना संक्रमित भएको ईडीसीडीको तथ्यांक छ ।

सम्बन्धित खबर